राजावादीहरु एक भए

Dec 31, 2025 02:14 PM Merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन् ।

कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे। यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रिय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए । चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।