सन् २०२५ को अन्तिम कारोबार दिन नेप्सेसँगै बढ्यो कारोबार रकम

Dec 31, 2025 03:26 PM Merolagani



सन् २०२५ को अन्तिम कारोबार दिन अर्थात बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्लो समयमा राजनीति गतविधि हेर्दा चुनाव हुने सम्भावना बढेपछि बजारले सकारात्मक गति लिन थालेको हो ।

बुधबार नेप्से परिसूचक १०.५३ अंक बढेर २६३३.७६ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ ।

यस दिन कारोबार रकम सहित नेप्से सूचक पनि बढेको छ । बुधबारको बजारमा कारोबारमा आएका २६० वटा कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । गत सोमबारको बजारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ । एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन पियोर इनर्जी कम्पनीको शेयर मूल्य ६.४७ प्रतिशतले बढेको हो । कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । पछिल्ला केही कारोबार दिनदेखि कम्पनीको शेयर मूल्य निरन्तर रुपमा घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन ग्रिन भेन्चर्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन बन्दीपुर केवलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबारको बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जस मध्येमा उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।