प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी, लुटपाटजस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाए। उनले त्यस्ता अपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम गर्यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पारे ।
प्रवक्ता महतले भने,‘अहिले सरकारले २३ र २४ गते जुन घटना घट्यो । त्यसलाई वैधानिकीकरण, २४ गतेको जुन घटना घट्यो । जो लुटपाट, फसाद, जुन भयो । त्यसलाई लेजिटीमेसी दिँदा भविष्यमा पनि समस्या आउँछ । सुशासनका लागि आन्दोलन वा प्रोटेक्ट जायज छ । त्यो प्रोटेक्ट गर्दा अत्याधिक बल प्रयोग ग¥यो, त्यो सरकारको तर्फबाट भएको कुरा पनि गलत छ । तर दोस्रो दिन जुन लुटपाट आगजनी भयो । त्यो पनि गलत । हामीले दुवै घटनालाई एक ठाउँमा हालिदियौँ भने भविष्यमा पनि समस्या आउँछ । हामी त्यसलाई लेजिटीमाईज गर्छौ कानूनलाई हामी भंग गर्छौं । त्यस्ता कुरालाई वैधानिकीरकरण पनि गर्छौं भन्ने मान्यता समाजमा स्थापित भइरह्यो भने शान्ति खलल हुन्छ, अनि स्थायित्व आउँदैन । समृद्धि पनि टाढा भाग्दछ ।’
प्रवक्ता महतले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताए।