मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुने अवस्था बन्योः प्रधानमन्त्री कार्की

Dec 31, 2025 05:53 PM Merolagani



प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताइन्। राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायतप्रति आभार समेत व्यक्त गरिन् ।

उनले भनिन्,‘मुलतः शुसाननको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर सम्वाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौ । यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायतका सरोकारवालाहरुप्रति हामी आभारी छौँ । नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए । यस अवधिमा अन्तरिम सहित ५ पटक संविधान नयाँ बने । तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन । किनभने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जिविकामा सुधार गर्न सकेन । पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन । हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन । परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो ।’

प्रधानमन्त्री कार्कीले जनताका निराशालाई सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न संकटको चपेटामा फस्ने गरेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताइन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।