हुन्डाइ क्रेटाले बनायो वार्षिक २ लाख युनिट बिक्रीको रेकर्ड, ३४ प्रतिशतको बजार हिस्सा

Jan 03, 2026 11:20 AM Merolagani



हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो प्रतिष्ठित मध्यम आकारको एसयूभी हुन्डाइ क्रेटा एक वर्षमा २ लाख युनिट बिक्री गरेर रेकर्ड कायम गरेको छ । कम्पनीले एक वर्षको यो बिक्री परिमाणलाई महत्वपर्ण कोशेढुंगा भनेको छ ।

कम्पनीले यो कोशेढुंगाले प्रतिदित ५५० युनिट हुन्डाइ क्रेटा बिक्री गर्न सफल भएको जनाएको छ । बिक्रीको आसलाग्दो यो तथ्यांकले कम्पनी प्रति आफ्ना ग्राहकहरुले गरेको अभूतपूर्व माया र विश्वासलाई प्रतिबिम्बित गरेको कम्पनीको दाबी छ ।

यस खण्डमा धेरै मोडेलका एसयूभीहरु लन्च भएता पनि हुन्डाइ क्रेटाले कम्पनीको नेतृत्व सिर्जनामा वृद्धि र विश्वास कायम राख्न सफल भएको कम्पनीको दाबी छ । यस वर्ष हुन्डाइ क्रेटाले पनि आफ्नो अस्तित्वको १० वर्ष पूरा गरेको छ । सन् २०१६ देखि २०२५ को अवधिमा ९ प्रतिशतको वार्षिक वृद्धिदर कायम गर्न सफल भएको छ ।

मध्य आकारको एसयूभीमा ३४ प्रतिशत भन्दा बढीको बजार हिस्सा हुन्डाइ क्रेटाले लिएको छ । यो उपलव्धिबारे हुन्डाइ मोटर इन्डिया लिमिटेका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तरुण गर्गले सन् २०२० देखि २०२५ सम्ममा सबैभन्दा बढी बिक्री हुने एसयूभीको रुपमा हुन्डाइ क्रेटाले आफ्नो छुट्टै पहिचान कायम गरेको बताए ।

उनले भने, ‘भारतमा हुन्डाई क्रेटाको यात्रा असाधारण भन्दा कम छैन र २ लाख युनिटभन्दा बढीको वार्षिक बिक्री हासिल गर्नु हामी सबैका लागि हुन्डाईमा गर्व र परिभाषित क्षण हो । यो २०२०–२०२५ सम्म भारतमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । वास्तवमा, भारतमा यसको यात्राको विगत १० वर्षको अवधिमा, क्रेटाका ग्राहक धेरै गुणाले बढेको छ, जसले यसलाई सक्षम एसयूभीबाट प्रत्येक यात्राको लागि एक विश्वसनीय साथीमा रूपान्तरण गरेको छ । हुन्डाईको विश्वास, नवीनता र प्रतिबद्धताको प्रतीक बनाएकोमा हाम्रा ग्राहकहरू र डिलर साझेदारहरूप्रति हार्दिक आभारी छौं ।’

हुन्डाइ क्रेटा ब्रान्ड एक पूर्ण प्याकेजको रुपमा उभिएको कम्पनीको दाबी छ । जसले धेरै पावरट्रेन र ट्रान्समिसन विकल्पहरु प्रदान गर्दछ । जसमा १.५ लिटर पेट्रोल इन्जिन (म्यानुअल र ट्रान्समिसनमा उपलव्ध), १ं.५ लिटर डिजेल इन्जिनमा उपलव्ध छ ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।