गत पुस ९ मा सम्पन्न नाडाको ४९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्राप्त निर्देशन र स्वीकृति, साथै निर्वाचन अधिकृतको औपचारिक सूचनाको आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक व्यवस्थाअनुसार अघि बढाएर नयाँ कार्यसमितिमा उम्मेदवारी दिएकाहरुको नामावली टुंगो लगाएको हो ।
निर्वाचन अधिकृत कार्यालयबाट अनुसार, हालसम्म अध्यक्ष पदमा १ उम्मेदवारी, प्रदेश सदस्यबाट ७ उम्मेदवारी र साधारण सदस्यबाट १७ जना कार्य समितिमा रहने गरी सर्वसम्मत टुंगो लगाएको हो ।
निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मतरूपमा निर्वाचित भएको जनाइएको छ । तर, कार्य समितिमा सर्वसम्मत निर्वाचित भएका उम्मेदवारहरुको नामावली भने नाडाले सार्वजनिक गरेको छैन् ।
सर्वसम्मत कार्यसमिति निर्वाचन गरेकाले अब पुस २५ गते तय गरिएको प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेको नाडाले जनाएको छ ।