नाका खुलेकै दिन स्याउ, ओखर, लत्ताकपडा र सेनाका विस्फोटक पदार्थ बोकेका २७ वटा कन्टेनर नेपाल भित्रिएका छन् भने २८ वटा खाली कन्टेनर सामान लिन चीनतर्फ लागेका छन्। नाका बन्द हुँदा चालु आर्थिक वर्षको पुससम्म राज्यले करिब २१ अर्ब रुपैयाँ राजस्व गुमाएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार अब यो नाकाबाट विद्युतीय सवारीसाधन र जलविद्युत् आयोजनाका सामान भित्रिने क्रम बढ्नेछ। यद्यपि, अस्थायी पुलको उचाइ साढे ७ मिटर मात्र रहेकाले धेरै अग्ला र खुला सामान ल्याउन भने केही कठिन हुनेछ। हाल चीन सरकारकै अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिको काम पनि अघि बढिरहेको छ।