अहिले ऋण लिएर लगानी गर्ने समय हो, बिक्री गर्ने होइन

Jan 03, 2026 11:20 AM Merolagani



विगत लामो समयदेखि शेयर बजार साईडवयजमा छ । बजार बढ्न खोजेको छ । तर लगानीकर्ताहरु अझैपनि विश्वस्त भएर कारोबार गर्न सकिरहेका छैनन् ।

शेयर बजार बढ्ने आधारहरू बनेका छन्। तर बनेको अनुकुलतालाई बजारले अझै स्वीकार गर्न सकेको छैन। शेयर बजारमा सबैभन्दा बढी असर पार्ने नीतिगत अवरोधहरू क्रमशः सुधार हुँदै गएका छन्। तर पनि बजारले गति समाउन सकेकाे छैन् ।

हालको राजनीतिक प्रभाव परेको कारण बजार बढ्न नसकेको हाे। सबै पक्षहरू अनुकुल हुँदाहुँदै पनि लगानीकर्ताहरू खरिद गर्न सकिरहेका छैनन्। यस्तो अवस्थामा डराउनु भन्दा सकेसम्म शेयर थपेर धैर्यपूर्वक पर्खनु उपयुक्त हुने देखिन्छ।

बजार कुन बेला उल्लेख्य रूपमा गति लिने छ भन्नेलगायतका विषयमा नेपाल शेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीसँग सुधा देवकोटाले गरेको कुराकानीः

शेयर बजार केही दिन बढ्न खोज्छ पुन: घट्छ । शेयर बजार साईडवयजमा छ । यो बजारलाई कसरी हेर्नुभएको छ ?

अहिलेको बजार २६ सयको न्यून विन्दुमा छ । शेयर बजारलाई आवश्यक भएको र बजारका लागि चाहिने नीतिगत सुधारहरु भएका छन् । नेपाल राष्ट्र बैंकले गर्नु पर्ने नीतिगत सुधार गरेको छ । नेपाल धितोपत्र बोर्डबाट गर्नुपर्ने सुधारका कामहरु भएका छन् । केही प्रकृयामा रहेका कामहरु अब छिट्टै हुने छन् । तर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छैन ।

तरलता जति पनि छ । बैंकको ब्याजदर न्यून दरमा झरेको छ । बैंकहरुलाई कर्जा परिचालन गर्न हम्मे हम्मे परेको छ । ६ प्रतिशतमा नै कर्जा पाउने सक्ने सहज परिस्थिति बनेको छ । नेपालको शेयर बजारमा अहिले राजनीतिक कारणले गर्दा बढ्न सकिरहेको छैन ।

बढ्नको लागि तयारी अवस्थामा छ । अहिलेको बजारमा लगानीकर्ताहरु स्यालको जस्तो धैर्य तर शक्तिवान भएर बस्नु पर्ने अवस्थामा छौं । यो बजारमा शेयर एक्युमुलेसन गर्ने समय हो । शेयर होल्ड गर्ने समय हो । ऋण लिएर लगानी गर्ने समय हो । अहिलेको बजारमा शेयर बिक्री गर्ने होइन । क्षमताले भ्याएको जति शेयर खरिद गर्ने हो भन्ने बुझाई छ । दुई चार महिना होल्ड गर्ने क्षमता भयो भने हामीले सोचेको भन्दा धेरै आम्दानी शेयर बजारबाट गर्न सकिन्छ ।

पछिल्ला राजनीति घट्नाक्रमलाई हेर्दा राजनीतिक माहाैल सुधारउन्मुख हुँदै गएको र निर्वाचन हुने तयारीमा लागेको देखिन्छ । के यस्तो बेला बजार बढ्नु पर्ने होइन र ?

विस्तारै राजनीति गतिविधिमा केही सुधार हुन थालेको छ । तर अझैपनि राजनीतिले स्पष्ट धार समाउन सकेको छैन । सोही कारण आम लगानीकर्तामा संसय भएको छ । अहिलेको परिस्थिति डराउने पर्ने होइन ।

राजनीतिक दलहरुले आगामी चुनावका लागि समानुपातिक उम्मेदवार घोषणा गरिसकेका छन् । राजनीति सिस्टममा आउन खोजेको छ । तर पनि भदौमा भएको जेनजी आन्दोलनले केही सन्देश दिएको छ । अझै अस्थिरता हुने हो की भनेर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको देखिन्छन् ।

मेरो व्यक्तिगत धारणा भन्नु पर्दा  मुलुकमा चुनाव हुनु पूर्व राजनीतिमा स्थीरता कायम गर्न संघीय संरचनामा कहिँ कतै जेनजीको भावनालाई समेट्ने गरी समझदारी हुनु पर्ने जरुरी छ । यस्तो भयो भने कसैले कल्पना गर्ने नसक्ने गरी बजारले बढ्ने छ । यो बजारमा जति सकिन्छ उठाएर राख्दा हुन्छ । अहिलेको बजारमा बादल माथिको चाँदीको घेरा देखिएको छ ।

राजनीतिक पार्टीहरुको आर्थिक मुद्दाहरु कमजोर छन् । सोही कारण लगानीकर्ताहरुले राजनीतिक पार्टीहरुलाई विश्वास नगरेको जस्तो तपाईलाई लाग्दैन ?

अहिले राजनितिक रुपमा आर्थिक मुद्दाहरु कमजोर भन्दा पनि विश्वास नै प्राथमिक हो । अहिले उद्योग व्यवसायीहरुमा विश्वासको संकट भएको जस्तो देखिएको छ । केहि दिन पहिले उद्योग व्यवसायीकाे महासंघ (एफएनसीसीआई)ले गरेको कार्यक्रममा उद्याेगीहरूले लगानीको सुरक्षा भए लगानी बढाउन तयार भएको, यसमा राजनीतिक पार्टी र सरकारले लगानी सुरक्षाको प्रत्याभूति दिनु पर्ने कुरामा जोड दिए । लगानीकर्ताहरुले लगानी गर्ने वातावरणको माग गरेका छन् । हाम्रो बजारमा पैसाको कमीले लगानी नभएको भन्दा पनि लगानी सुरक्षा हुनेमा विश्वस्त हुन नसक्दा उद्योग व्यवसाय र शेयर बजार फस्टाउन नसकेको हो ।

 

देशमा जुनै राजनीतिक दलको सरकार बने पनि अर्थतन्त्र मजबुत हुन जरुरी छ । तर अहिले राजनीतिक पार्टीहरुले अर्थतन्त्रका विषयहरुलाई कम महत्व दिएको जस्तो लाग्दैन ?

तपाईको यो कुरामा मेरो सहमति छ । अहिले राजनीति पार्टीहरुले आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएका छन् । कुनै पनि राष्ट्र सबल हुनका लागि अर्थतन्त्र बलियो हुनुपर्छ । वित्तीय क्षेत्र सबल भएपछि पलायन भएका युवा शक्तिले नेपालमा सम्भावना देखेर फर्कने छन् । राजनीति कारणले नै सन्तुलन बिग्रेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भएको पूँजीलाई परिचालन गर्न सकिएको छैन । तरलता परिचलान गर्न चुनौती भएको छ । ब्यालेस अफ पेमेन्ट बचतमा छ । बैदेशिक मुद्रा सञ्चिति सकारात्मक छ । मलाई लाग्छ सार्क राष्ट्रहरु मध्येमा नै याे दाेस्रो-तेस्रो राम्रो हो । तर त्यसलाई सम्बोधन नभएको कारण परिणाम अर्थतन्त्रमा देखिएको छैन ।

शेयर बजारका लगानीकर्ताहरुले दलीय सरकारले भन्दा हालको सरकारले पूँजीबजारका लागि नीतिगत सहजता गराएको महसुस गरेका छन् । यसमा तपाई के भन्नु हुन्छ ?

यो स्वभाविक हो । निर्वाचित सरकार जति अहिलेको सरकार जिम्मेवार हुनुपर्छ । अहिलेको सरकारले जेनजीको मर्मलाई सम्बोधन गर्ने गरि काम गरेको छ । विगतमा पनि सुधार नभएको होइन । सुधारका कामहरु भएका छन् तर केही ढिला सुस्ती भएको हो।

राजनीति पार्टीहरुले आम नागरिक अर्थात शेयर बजारले चाहेको अनुसार काम गरेनन् । लगानीकर्ताहरु आन्दोलित हुनु पर्यो । अनसन बस्नु पर्याे । धेरै निकायहरुमा धाउँदा पनि नीतिगत सुधार भएन । तर अहिलेको सरकारले शेयर बजारकालागि आवश्यक मागहरु अझ बढी सम्बोधन गर्यो । नीतिगत सुधार हुँदैमा बजार बढ्ने होइन रहेछ । बजारले सधै राजनीतिक स्थिरता खोजेको छ । त्यसैले निर्वाचित नेतृत्व आउनु पर्छ । निर्वाचनले स्थायी सरकार ल्याउँछ भन्ने पखाईमा छन् । बजारमा सकारात्मक मनोभावना बढाउन स्थिर राजनीति जरुरी छ ।

अहिले केन्द्रिय बैंकमा थुप्रेर रहेको पैसालाई बजारमा परिचालन गर्न के गर्नु पर्छ ?

हामीले निष्कृय पैसालाई सकृय बनाउन जरुरी छ। मुलुकमा भएको पैसा सबै केन्द्रिय बैंकमा थुप्रेको छ । सो पैसालाई सकृय नबनाएसम्म अथतन्त्रलाई चलयमान गराउन सकिदैन ।

त्यसको लागि चालु पूँजी कर्जा सम्बन्ध निर्देशिका सरलीकृत गर्नु पर्ने छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लिन अनुरोध गर्नु पर्ने अवस्था रहेको छ । न्यून ब्याजदरमा लिएको ऋणको ब्याजदर स्थिर नहुँदा सस्तो दरमा पनि कर्जा लिएर लगानी गर्न आम लगानीकर्ता डराएका छन् । विगतमा सस्तोमा कर्जा दिने पछि बढाउँदा वित्तीय क्षेत्र प्रति लगानीकर्ताको विश्वास कम भएको छ । स्थिर नीतिगत व्यवस्था नहुँदा भएको पैसा बजारमा परिचालन भएको छैन ।

बाँकी भिडियोमाः




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।