काठमाडौंबाट भद्रपुरका लागि उडान भरेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेमा चिप्लिएर दुर्घटना भएको थियो ।
५१ जना यात्रु र चालक दलका चार सदस्य सवार उक्त विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको उक्त जहाजमा एक जना चालक दलकासहित सात यात्रु घाइते भएका छन् । दुर्घटना भएपछि यात्रुहरुले आकस्मिक ढोका फोडेर बाहिर निस्किएकाले अहिलेसम्म कुनै मानवीय क्षति नभएको विमानस्थल स्रोतले जनाएको छ ।