प्रि ओपन सेसन अपडेटः ४ अंक घट्यो नेप्से

Jan 04, 2026 10:54 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.०६ अंक घटेर २६१६.८६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ५२ स्टकको १३६ पटकको कारोबारमा ४६ लाख ८ हजार ९१० रुपैयाँ २० पैसाबराबरको ६ हजार ५१८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।