१४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 01, 2026 10:00 AM Merolagani



पुस १७ गते, बिहीबार १४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यस दिन स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरा माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

१४ कम्पनीहरुमध्ये नेपाल दूरसञ्चार र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते, आइतबार बुकक्लोज गर्दैछन् भने बाँकी १२ कम्पनीहरुले भोली अर्थात पुस १८ गते, बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।