सर्वसाधारणका लागि शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयर लक-इनमा राख्नुपर्ने कानुनी व्यवस्था छ। नेपाल धितोपत्र बोर्डको निर्देशन र प्रचलित व्यवस्था अनुसार उक्त ६ महिनाको अवधि पूरा भएपछि अब ती शेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।
सूचनाका अनुसार, सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ४६ हजार ६२५ कित्ता शेयरको लक-इन अवधि समाप्त हुन लागेको हो। यी शेयरहरूको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ।
यससँगै सम्बन्धित सामूहिक लगानी कोषहरूले माघ १ गतेपश्चात् ती शेयरहरू खरिद-बिक्री गर्न पाउनेछन्। हिम स्टार ऊर्जा कम्पनीको शेयर रजिस्ट्रारको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।