तर, कम्पनीले बिवाइडी सिलिअन ७ पर्फमेन्स भेरियन्टको मूल्य भने कुनै परिवर्तन गरेको छैन् । ग्राहकका लागि पारदर्शीता र योजना सुनिश्चित गर्न बिवाइडी इन्डियाले उक्त रणनीति अपनाएको हो ।
कम्पनीले सन् २०२५ डिसेम्बर ३१ मा वा त्यसअघि गरिएका सबै गाडीको बुकिङमा भने पुरानै मूल्यमा बिक्री गरेको जनाएको छ । यसले मूल्य संशोधन पछि पनि ग्राहकले आफ्नो बुकिङ मूल्यमै गाडी शुरक्षित गर्न सफल भएका छन् ।

बीवाइडी इन्डियाका इलेक्ट्रिक यात्रुवाहक सवारी साधन व्यवसाय प्रमुख राजीव चौहानले लागत गतिशिलतालाई केन्द्रमा राख्दै बीवाइडी सिलिअन ७ प्रिमियमको मूल्य संशोधन गरिएको घोषणा गरेका छन् । यसअघि बिवाइडी सिलिअन ७ प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार भारतीय रुपैयाँ थियो । मूल्यवृद्धिसँगै उक्त एसयूभीको नयाँ संशोधित मूल्य ४९ लाख ४० हजार भारतीय रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
उनले भने, ‘अपडेट गरिएको मूल्य निर्धारणले ग्राहकहरूलाई आकर्षक प्रिमियम इलेक्ट्रिक (एसयूभी) प्रस्ताव प्रदान गर्दै गर्दा लागत गतिशीलतालाई प्रतिबिम्बित गर्दछ । बीवाइडी सिलिअन ७ यसको उन्नत इलेक्ट्रिक वास्तुकला, उच्च प्रदर्शन र व्यापक सुरक्षा प्याकेजद्वारा समर्थित एक बलियो मूल्य प्रस्ताव बनेको छ । यसको सुरुवात पछि, बीवाइडी सिलिअन ७ ले भारतभर बिक्रीमा २,३०० एकाइहरू पार गरेको छ । जसले बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभीको बढ्दो स्वीकृति र मागलाई बलियो बनाउँछ ।’
बिवाइडीको सेल टु बडी(सीटीबी) आर्किटेक्चरमा निर्मित र ब्लेड ब्याट्रीद्धारा निर्मित बीवाइडी सिलिअन ७ मा ८२.५६ किलोवाट ब्याट्री क्षमता छ । उक्त भेरियन्टले ३९० किलोवाट पावर र ६९० एनएम टर्क प्रदान गर्छ । बीवाइडी सिलिअन ७ एक पटक पूर्ण चार्ज गरेपछि ५६७ किलोमिटरको दायरा प्रदान गर्ने कम्पनीको दाबी छ ।