भेनेजुएलामा उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी

Jan 04, 2026 12:15 PM merolagani



भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी सुम्पनु 'प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न' आवश्यक रहेको बताएको थियो ।

 

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेको छ ।