गत आव र र याे आर्थिक वर्षमा गरी अहिलेसम्म जम्मा १८ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत भएका छन्। १८ कम्पनीमध्ये स्वस्तिक लघुवित्त लगातार २५ दिन सर्किट लागेर ३०९७.१० रुपैयाँसम्म पुगेको छ। स्वस्तिक लघुवित्तको मूल्य अंकित मूल्यमा यो ६ सय ९०.६८ प्रतिशतले मूल्य बढेको पाइएको छ। त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्स २२ कारोबार दिनसम्म सर्किट लागेर २४ सय ५७.६० रुपैयाँसम्म पुगेको थियो। यता क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्स लगातार २१-२१ दिन सर्किट लागेर क्रमशः २२३४.८० रुपैयाँ र १९९४.७० रुपैयाँ सम्म शेयर मूल्य पुगेको थियो। त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लगातार २० दिन सर्किट लागेर २ हजार रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै सागर डिस्टिलरी १९ दिनसम्म लगातार सकारात्मक सर्किट लागेर १९५१.८० रुपैयाँ, झापा इनर्जी लिमिटेड १७ दिनसम्म लगातार सर्किट लागेर १३७८.१० रुपैयाँ, प्योर इनर्जी १५ दिनसम्म सर्किट लागेर १२०७.२० रुपैयाँ, ट्रेड टावर लिमिटेड १२ दिनसम्म लगातार सर्किटमा कारोबार हुँदा ११४८ रुपैयाँसम्म पुगेको थियो।
हिमस्टार ऊर्जा र श्रीनगर एग्रोटक ११ दिनसम्म सर्किट लागेर क्रमशः ६९३ रुपैयाँ, ८५९.८० रुपैयाँसम्म पुगेको थियो। यता सान्भि इनर्जी १० कारोबार दिनसम्मको लगातार सर्किटमा ८९१.५० रुपैयाँ, एसवाई प्यानल नेपाल लिमिटेड ९ कारोबार दिनसम्म लगातार सर्किट लाग्दा ७५३.२० रुपैयाँ, बुंगल हाइड्रोपावर लगातार ८ दिन सर्किट लागेर ७९२ रुपैयाँ, विकास हाइड्रोपावर लगातार ७ दिन सर्किट लागेर ५६८.९० रुपैयाँ, माबिलुङ इनर्जी लगातार ६ दिन सर्किट लागेर ५६२.४० रुपैयाँसम्म कारोबार भएको छ भने सबैभन्दा कम लगातार ४ दिन मात्रै सर्किट लागेर दरमखोला हाइड्रो इनर्जी लिमिटेड ५७२ रुपैयाँसम्ममा कारोबार भएको थियो।
गत वर्ष निष्काशन भएको आईपीओले लगातार सर्किट लागेर बनेको माथिल्लो विन्दु ब्रेक गर्न सकेको छैन भने पछिल्लो दुई तीन महिनामा आईपीओ आएर सूचीकृत भएका कम्पनीले भने लगातार सर्किट लागेर बनेको आफ्नो माथिल्लो मूल्यलाई पनि पुनः ब्रेक गरेर नयाँ ‘हाइगर हाई’ बनाउँदै अगाडि बढिरहेको देखिएको छ। उदाहरणको रुपमा एसवाई प्यानल नेपाल लिमिटेडको शेयर लगातार सर्किट लागेर ७५३.२० रुपैयाँको हाइ बनाएकोमा गत हप्ता सो ‘हाई’ लाई ब्रेक गरेर आइतबार ११ सय २१ रुपैयाँ अन्तिम मूल्य कायम भयो। त्यस्तै अवस्था श्रीनगर एग्रीटेक इन्डष्ट्रिज र बन्दीपुर केबुलकारको पनि छ। आइतबार श्रीनगरको शेयर मूल्य ९३९.४० पैसा र ८ सय १७ रुपैयाँमा अन्तिम कारोबार भयो। आइतबार धेरै कारोबार हुने कम्पनीहरु पनि नयाँ कम्पनीहरु नै अगाडि आएका छन्। आइतबार सबैभन्दा धेरै रकमको शेयर कारोबार एसवाई प्यानल नेपालको भयो भने दोस्रोमा श्रीनगर एग्रीटेक र बन्दिपुर केबुलकारसँगै एनआईसी एसिया बैंक र सागर डिष्टिलरी परे।
आईपीओ परेको शेयर विदेशमा पनि बढ्छ ?
आईपीओ सूचीकरण भएपछि नेपालमा मात्रै होइन, विदेशमा पनि शेयर मूल्य द्रुत्त गतिमा बढ्ने रहेछ। अहिलेसम्म सबैभन्दा छिटो बढेको शेयरमा एएमटीडी डिजिटल इंक नामक फ्रान्सको डिजिटल वित्तीय सेवा र डिजिटल मिडिया काम गर्ने कम्पनीलाई लिने गरिएको छ। मिडिया रिपोर्टका अनुसार सन् २०२२ मा ७.८० डलरमा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो।

अगष्ट २, २०२२ मा जम्मा १३ वटा कारोबारमा कम्पनीको शेयर मूल्य २१ हजार प्रतिशतले बढेर १६ सय ७९ डलरसम्म पुगेको थियो। यो नै विश्व शेयर बजार इतिहासमा अहिलेसम्म सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै बढेको शेयर मानिन्छ। नेपालमा जस्तै ‘लो क्याप’को ट्याग लाग्दा यो स्टकमा बबल आएको बताइन्छ। पछिल्लो समय भने कम्पनीको शेयर १.२५ देखि १.४० डलरको वरपर कारोबार भइरहेको छ। कम्पनीको ५२ हप्ताको उच्च मूल्य ५.४७ डलर र न्यून मूल्य १.४० डलर रहेको छ। कम्पनीको मूल्यमा तीव्र उतारचढाव आउनुलाई विश्लेषकहरुले न्यून चुक्ता पुँजीमा खेलिएको सट्टाबाजी भनेको छन्।