कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै सभा स्थगित भएको जानकारी गराएको छ। कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालनका लागि आवश्यक पर्ने शेयरधनीहरूको उपस्थिति (गणपूरक सङ्ख्या) नपुगेकाले सभाको काम कारबाही अगाडि बढाउन नसकिएको कम्पनीले जनाएको छ।
कम्पनीले पुस २२ गतेका लागि साधारण सभा बोलाएको थियो। अब अर्को सभा कहिले बस्ने भन्नेबारे कम्पनीले पुनः सूचना प्रकाशित गरी जानकारी दिनेछ। कम्पनी ऐन अनुसार पहिलो पटक गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको सभा दोस्रो पटक बोलाउँदा केही सहुलियत हुने व्यवस्था छ।