बैंकले नेप्सेलाई पठाएको पत्र अनुसार, ७ वर्ष अवधिको यो ऋणपत्र २०८२ पुस २६ गते पश्चात् परिपक्व हुनेछ। प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको वार्षिक ब्याजदर १०.५० प्रतिशत रहेको छ।
सिद्धार्थ बैंकले कुल २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकोमा २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र २०७५ पुस २७ गते बाँडफाँट गरेको थियो । सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज र बैंकबीच २०७५ फागुन २६ गते भएको सम्झौता बमोजिम नेप्सेमा सूचीकरण भएको थियो ।
ऋणपत्र परिपक्व हुन लागेकाले सूचीकरण सम्झौता बमोजिम आवश्यक काम कारबाही अगाडि बढाउन बैंकले नेप्सेलाई अनुरोध गरेको छ । ऋणपत्र परिपक्व भएपछि लगानीकर्ताहरूले नियमानुसार आफ्नो सावाँ र बाँकी ब्याज रकम फिर्ता पाउनेछन्। साधरणतया ऋणपत्र परिपक्व हुनुभन्दा केही समय अगाडि नै यसको दोस्रो बजारमा कारोबार रोक्का हुने गर्दछ।