काठमाडौंमा उपत्यकामा झनै बढ्यो चिसो

Jan 06, 2026 12:20 PM merolagani



काठमाडौं उपत्यकामा चिसो बढ्दै जान थालेको छ । 

सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको हो । मौसमविदका अनुसार, यो हालसम्मकै कम तापक्रम हो ।

त्यस्तै, काठमाडौंमा भन्दा ललितपुरको तापक्रम अझै घटेको छ । मंगलबार बिहान ललितपुरको न्युनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्कायसहित देशका विभिन्न भागमा चिसो बढेको छ । तराइका जिल्लामा हुस्सु र कुहिरोका कारण आवागमनमा असहजता सिर्जना हुँदै गएको छ । चिसो बढेसँगै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञहरुले आग्रह समेत गरेका छन्