कोलम्बियाली राष्ट्रपतिलाई ट्रम्पको चेतावनी, सैन्य आक्रमणको संकेत

Jan 06, 2026 01:33 PM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाइने चेतावनी दिँदै सैन्य कारबाहीको चतावनी दिएका छन् ।

उनले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाएका छन्। पेट्रोले धेरै समयसम्म लागुऔषध तस्करी गर्न नपाउने बताए । कोलम्बिया विरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई ठिक लागेको प्रतिक्रिया दिए ।

पेट्रोले हालै भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्र संघको आकस्मिक बैठकको आह्वान गरेका थिए । गत महिना पोलिटिकोलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बिया लगायत अन्य देशका लक्ष्यहरू विरुद्ध सैन्य कारबाही विस्तार गर्न विचार गर्ने बताएका थिए ।