विजय लघुवित्तको एफपिओमा मागभन्दा ४२ गुणा बढी आवेदन, सुपर खुदीमा पनि उत्साह

Jan 07, 2026 12:33 PM merolagani



विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपिओ) मा मागभन्दा ४२.०८ गुणा बढी आवेदन परेको छ। 

२०८२ पुस २३ गते बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार, संस्थाले बिक्रीमा ल्याएको कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयरका लागि ल्याएकाे एफपिओमा १ करोड ९६ लाख ४७ हजार ४१० कित्ताका लागि आवेदन परेको हो।

एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको विजय लघुवित्तको एफपिओ भर्न १६ लाख ७४ हजार ६८० जना लगानीकर्ताले १ अर्ब ९६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। गत पुस २१ गते देखि निष्कासन खुला गरिएको यो एफपिओ भर्ने अन्तिम दिन भोलि २४ गते सम्म तोकिएको छ।

यसैगरी, सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षणमा निष्कासन गरेको शेयरमा पनि मागभन्दा ४.८८ गुणा बढी आवेदन परेको छ। कम्पनीले निष्कासन गरेको १ लाख ५५ हजार कित्ता शेयरका लागि ५१ हजार ७०४ जना आवेदकबाट ७ लाख ५७ हजार ५०० कित्ताका लागि आवेदन परेको पछिल्लो विवरणले देखाएको छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन सङ्कलन भइसकेको छ। पुस २२ गते देखि खुलेको सुपर खुदीको शेयरमा आवेदन दिने म्याद पुस २५ गते शुक्रवारसम्म रहेको छ। दुवै कम्पनीको शेयरमा देखिएको यो उच्च आवेदनले पुँजी बजारमा लगानीकर्ताको तीव्र आकर्षणलाई पुनः पुष्टि गर्छ।