समस्याग्रस्त फाईनान्स किन्नेमा सिटिजन्स बैंक अगाडि, प्रिमियर फाईनान्स पनि किन्यो

Mar 06, 2015 Merolagani



 

कौडीको भाऊमा समस्याग्रस्त फाईनान्सहरु किनिरहेको सिटिजन्स बैंकले फेरि अर्को समस्यामा परेको प्रिमियर फाईनान्सलाई किनेको छ ।

सिटिजन्स र प्रिमियर फाईनान्सबीच बुधबार अबेर एक्विजिसन सम्झौता भएको हो । सिटजन्सले यसअघि नेपाल हाउजिङ एण्ड मर्चेन्ट र पिपल्स फाईनान्स एक्विजिसन गरेको थियो । 

 

 

 

 

१२ करोड ७० लाख चुक्ता पूँजी रहेको प्रिमियरले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म तीन करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । फाईनान्सको जगेडा कोष २ करोड भन्दा बढीले ऋणात्मक र निस्क्रिय कर्जा अनुपात ५५ प्रतिशत रहेको छ । दुई वटा शाखा रहेको प्रिमियरको निक्षेप ८३ करोड र कर्जा ७७ करोड रुपैयाँ छ ।


सिटिजन्समा विलय हुने सूचना बाहिर गएपछि प्रिमियरको बुधबार शेयर मूल्य अधिक बढेर प्रति शेयर १४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सूचना चुहिएर कम्पनी बेचिने निश्चित भएपछि लगानीकर्ताले शेयर मूल्य बढाएर दोस्रो बजारबाट किनेका थिए । सिटिजन्सले प्रिमियर किन्दा कायम हुने शेयर स्वाप रेसियो भने सार्वजनिक गरिएको छैन । यो एक्विजिशनपछि सिटिजन्सको चुक्ता पूँजी दुई अर्ब ५८ करोड हुने भएको छ ।


बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा रहेको एक्विजिशनसम्वन्धी नयाँ व्यवस्थालाई टेकेर समस्यामा परेका बैंक, वित्त कम्पनीलाई कौडीको भाउमा आफ्नो बैंकमा गाभ्ने रणनीति अपनाएका बर्ताृन्छ । यही नीतिको आडमा उनी सस्तो स्वाप रेसियो कायम गरी धमाधम समस्याग्रस्त फाईनान्सहरु उठाईरहेका छन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।