दुवै पक्षका नेताहरु पार्टी फुट्न नदिन भन्दै रात दिन दौडधुप गरे पनि दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहँदा टुंगोमा पुग्न सकेको छैन । खासगरि पार्टी सभापति शेरबहादुर देउवालाई अवकाश दिने विषय पेचिलो बन्दै गएको बताइएको छ ।
यता, विशेष महाधिवेशनको क्रममा निर्वाचन कार्यक्रम शुरु भइसकेपनि मंगलबार रातीको लागि तोकिएको मतदान बुधबारको लागि सारिएको छ । रातभरिमा संस्थापनसँग सम्झौता गरेर पार्टी फुटबाट जोगाउने अन्तिम प्रयासस्वरुप मतदानको समय सारिएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका छन् ।
निर्वाच निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । सभापति उम्मेदवारी दिन लागेका ४ जना को को हुन् भन्ने बारेमा भने निर्वाचन समितिले कुनै जानकारी दिएको छैन ।