कम्पनीले ८२ लाख कित्ता शेयरका लागि आवेदन माग गरेकोमा पहिलो दिन नै ७ लाख ३८ हजार २ सय ७७ जना आवेदकले ९१ लाख ८१ हजार २० कित्ता शेयरको लागि आवेदन दिएका छन् । पहिलो दिन नै आईपीओमा माग भन्दा १.११९ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको शेयरमा आगामी शुक्रबारसम्म आवेदन दिन सकिन्छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ।