प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई निकायलाई पत्राचार गरेपछि उनी पक्राउ परेका हुन्। आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानका लागि पत्र पठाएको थियो।
कांग्रेसको विशेष महाधिवेशनमा ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारिएको दाबी गर्दै प्रसाईंले केही समयअघि एक भिडियो सार्वजनिक गरेका थिए। सोही भिडियोमा गरिएको आरोपलाई लिएर निर्वाचन आयोगले चासो व्यक्त गर्दै अनुसन्धान अघि बढाएको हो।
आयोगका अनुसार प्रसाईंको अभिव्यक्तिले निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै निर्वाचन कसुरसम्बन्धी कानुन तथा मुलुकी फौजदारी संहिताअन्तर्गत कारबाही हुनुपर्ने मागसहित प्रहरीलाई पत्राचार गरिएको थियो।
हाल प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।