गगन थापा नेतृत्वकाे नेपाली कांग्रेसकाे पहिलाे बैठकले गरेका यी हुन् महत्त्वपूर्ण निर्णय

Jan 15, 2026 02:10 PM merolagani



नेपाली कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट विभिन्न निर्णय गरिएको छ । बिहीबार (माघ १) ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय समितिको बैठकबाट शेरबहादुर देउवाको ठाउँमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर राख्नेलगायन निर्णय गरिएको छ ।

बैठकबाट सभापति थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरिएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। प्रवक्तामा देवराज चालिसे नियुक्त गर्ने र निर्वाचन आयोगमा  कागजात पेस गरिने निर्णय गरेकाे छ ।

देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र सहयोगमा जुटेका नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिने प्रस्ताव बैठक पारित गरिएको छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।