बालेनसँग मेरो वार्ता ५ मिनेटमै टुंगिएको थियोः रबि लामिछाने

Jan 19, 2026 04:53 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेन शाहसँग ५ मिनेटमै वार्ता सकिएको बताएका छन् ।

जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै ५ मिनेट आफूहरु एक ठाउँमा हुने निश्चित भएको र बाँकी समय चिन्नको लागि गरेको बताए।

‘बालेनसँग मेरो वार्ता ५ मिनेटमै सकिएको हो । हामी ५ मिनेटमै अनुहार हेरेर एक ठाउँमा उभिने निधो गरेका थियौं,’ उनले भने, ‘जब देशलाई केन्द्रमा राखिन्छ त्यस बेलामा वार्ताको कुनै नाटक गरिराख्नु पर्दैन। आफ्नो हितलाई र केन्द्रमा राख्यो भयो भने मात्रै हो वार्तै वार्ता हुने र भाँडिने।’

रास्वपाले आगामी निर्वाचनबाट बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेकाले सम्पूर्णको साथ चाहिने उनले बताए ।




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।