चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह

Jan 19, 2026 05:02 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताए । जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताए । जनकपुर मधेस प्रदेशको राजधानी भएपनि अधिकारका लागि काठमाडौं धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको बताए । उनले काठमाडौं अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरुले गर्ने बताए ।

उनले भने, ‘म जनकपुर आएपछि धेरैले भने राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा के हो ? प्रदेश अझै बलियो बनाउँछौँ । प्रदेशको काम अझ राम्रो बनाउनेछौँ । जनकपुर प्रदेशको राजधानी हो । काठमाडौं कामका लागि किन धाउने ? संघीयतालाई अझ बलियो बनाउने गरी हामी लाग्नेछौँ । काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो । अधिकार माग्नका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउनुपर्छ ।’

उनले चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर भएर काम गर्दा भषण दिने फुर्सद नभएको बताए ।




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।