आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले ९ वटा निर्वाचन क्षेत्रका उम्मेदवारकाे टुंगो लगाएको हो ।
जसअनुसार, काठमाडौं क्षेत्र नम्बर १ मा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र चुनाव लड्ने भएको छन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लडेर पराजित भएका थिए ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर २ मा कुन्ति पोखरेल, क्षेत्र नम्बर ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा सुरेन्द्र भण्डारी, क्षेत्र नम्बर ५ मा कमल थापा, क्षेत्र नम्बर ६ मा उद्धवराज भेटुवाल, क्षेत्र नम्बर ७ मा लालकुमार लामा, क्षेत्र नम्बर ८ मा नवीनकुमार शाही, क्षेत्र र क्षेत्र नम्बर १० मा बलराम थापालाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपाले जनाएको छ । तर, क्षेत्र नम्बर ९ मा उम्मेदवारको टुंगो भने लाग्न बाँकी छ ।