प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Jan 21, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४२.२६ अंक बढेर २७१४.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६१ अंक बढेर २७१७.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ७५ स्टकको २०६ पटकको कारोबारमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ ५० पैसाबराबरको २ लाख ७ हजार ८९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।