एकै पटक झण्डै ३ दर्जन ‘चल्तापूर्जा’ नेताहरु राजनीतिबाट अवकाश लिन बाध्य

Jan 21, 2026 02:34 PM mero lagani



फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कस्ले जित्ला, कस्ले हार्ला ?  अहिले नै भन्न सकिदैन ।  एउटा चुनावले कुनै राजनीतिक पार्टी तथा कुनै नेताको समग्र राजनीतिक भविश्य निर्धारण गर्दैन ।

तर, यो निर्वाचनको लागि उम्मेदवारी दर्ता भएसँगै नेपाली राजनीतिमा दशकौंदेखि हाली मुहाली चलाइरहेका केही अनुहारहरु भने किनारामा पुगेका छन्, जुन किनाराबाट फर्किन उनीहरु मध्ये धेरैलाई निकै मुस्किल पर्ने देखिन्छ ।

 

त्यसरी राजनीतिक रुपमा संकटमा पर्नेहरुमा धेरै जसो नेपाली कांग्रेसका छन् भने अन्य पार्टीका कैयौं नेताहरु पनि राजनीतिको मूल प्रवाहमा फर्किन नसक्ने अवस्थामा पुगेका छन् । नेपाली राजनीतिमा राजनीतिक नेताहरुले एकै पटक यति ठूलो मात्रामा ‘अवकाश’ लिएको यो पहिलो घटना हो ।

विवादका बीच भएको नेपाली कांग्रेसको दोस्रो महाधिवेशन लगत्तै हुन लागेको निर्वाचनबाट पार्टीका थुप्रै वरिष्ठ नेताहरु राजनीतिबाट अवकाश लिने अवस्थामा पुगेका छन् । २०४८ यताका हरेक निर्वाचन जित्तै आएका निवर्तमान सभापति शेरबहादुर देउवासहित धेरै नेताहरुले चुनावमा टिकट नै पाएनन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र सुजाता कोइराला, पूर्वमहामन्त्री डा.शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू उमाकान्त चौधरी, मिना पाण्डेदेखि आरजु राणासम्मका नेताहरु ‘अवकाश’ मा जान बाध्य भएका छन् ।

त्यस्तै अवस्था पुराना नेताहरू सोलुखुम्बुका बलबहादुर केसी, उदयपुर–१ का डा. नारायण खड्का, काठमाडौँ–१० का राजेन्द्रकुमार केसी, सुर्खेत–२ का हृदयराम थानी, सिन्धुपाल्चोक–१ का मोहनबहादुर बस्नेत, रुपन्देहीका बालकृष्ण खाँण, कैलाली–१ का रामजनम चौधरी, ललितपुर–३ का मदनबहादुर अमात्य, ओखलढुंगामा रामहरि खतिवडा, संखुवासभामा दीपक खड्का, सिन्धुली–२ मा श्याम घिमिरे, भक्तपुर–२ मा दुर्लभ गोरखाका चिनकाजी श्रेष्ठ र राजेन्द्र बजगाई, कैलालीका वीरबहादुर बलायर लगायतका नेताहरु पनि छन् ।

 

उता, नेकपा एमालेका पूर्व उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरु अमृत बोहोरा, केशव बडालले स्वेच्छिक अवकाश लिएका छन् भने पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेताहरु कृष्ण गोपाल श्रेष्ठ, भीम आचार्य, लिला गिरीलगायतका नेताहरु पार्टी महाधिवेशनमा पराजित भएपछि प्रतिनिधि सभाको चुनावमा समेत टिकट पाउन सकेनन् । उमेरले ६५ वर्ष पार गरिसकेका यी नेताहरुलाई पनि अब मूल धारको राजनीतिमा फर्किन निकै चुनौतिपूर्ण हुने एमाले नेता कार्यकर्ताहरु नै बताउँछन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, लिलामणी पोख्रेलको अवस्था पनि त्यही भएको छ ।

पंचायतकालदेखि नै नेपाली राजनीतिमा हाली मुहाली गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय विक्रम पाण्डे र बुद्धिमान तामाङ, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाही पनि संसदीय राजनीतिबाट अवकाश लिनु पर्ने अवस्थामा पुगेका छन् ।

 




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।