निर्वाचन आयोगका अनुसार, आउँदो चुनावमा देशभरबाट एक हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
राजनीतिक दलबाट टिकट नपाएका र कतिपय कुनै पनि पार्टीमा संलग्न नभएका उम्मेदवारले स्वतन्त्र ढंगले चुनावमा लड्ने भएका छन् । गत २०७९ को आम निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या धेरै थियो । त्यतिबेला काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले चुनाव जितेका थिए ।
यसपालीको चुनावमा भने अन्तरिम सरकारका मन्त्रीदेखि कतिपयले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । शिक्षामन्त्रीबाट राजीनामा दिएर महाबीर पुनले यसपाली म्याग्दीबाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् ।