कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणका लागि शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको शेयरको अवधि समाप्त हुन लागेको जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशन र स्वीकृति बमोजिम २०८२ फागुन ८ गते पश्चात् उक्त शेयरको लकइन अवधि सकिनेछ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। शेयरहरूको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ।
लकइन अवधि समाप्त भएपछि यी शेयरहरू दोस्रो बजारमा सर्वसाधारण शेयर सरह कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको शेयर रजिस्ट्रारको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्दै आएको छ।
माविलुङ्ग इनर्जीले यसअघि नेपाल धितोपत्र बोर्डबाट २०८२ असार १ मा शेयर निष्कासनको अनुमति पाएको थियो। लकइन अवधि समाप्त हुने विषयमा कम्पनीले सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालाहरूलाई जानकारी गराएको छ।