ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक

Jan 21, 2026 11:27 AM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर पोस्ट गरेका छन् । उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् ।

नजिकै रहेको एउटा संकेतपाटीमा ग्रिनल्याण्ड–अमेरिकी भूभाग, स्थापना २०२६ लेखिएको छ । सोही दिन, ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गरे, जसमा उनी ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छन् ।

उनको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डा मुनि देखाइएको छ । ट्रम्पले मंगलवार ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन वार्ता गरेको बताएका छन् ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।