निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।
सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीयसंस्थाहरुको संचालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गतेका दिन सम्पन्नकार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनीत भएका श्रेष्ठनेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणी व्यक्तित्वको रुपमा परिचित हुन् ।

त्यसैगरी नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष श्री मनोज कुमार गोयल तथा कोषाध्यक्षमालक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ । तत्कालीन महासचिव प्रचण्डबहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसियाबैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएकोकारण उनले सम्हाल्दै आएको कोषाध्यक्ष पदसमेत रिक्त रहेको थियो ।
सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेकासम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाकाअध्यक्षहरुमध्येबाट मनोनीत गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको हो ।