निर्वाचनका लागि १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो

Jan 23, 2026 10:53 AM Merolagani



जनक शिक्षा सामग्री केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ।

कूल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ। साथै, हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २२६ बाकस प्याकिङ सम्पन्न भएको केन्द्रले जानकारी दिएको छ।

त्यसैगरी, केन्द्रले एक लाख ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको छ।

 

 




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।