डलरको निरन्तर माग र विश्वव्यापी बजारको शतर्कताका कारण प्रारम्भिक कारोबारमै ७६ पैसाले अवमूल्यन हुँदै रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । यसअघि सन् २०२५ डिसेम्बर १६ मा रुपैयाँ ९१.१४ को रेकर्ड न्युन बिन्दुमा पुगेको थियो भने यो महिना मात्र स्थानीय मुद्राको मूल्य १.५० प्रतिशतले घटिसकेको छ ।
विदेशी मुद्रा व्यापारीहरूकाअनुसार अमेरिकाको विस्तारवादी नीति र बढ्दो भू–राजनीतिक अनिश्चितताले लगानीकर्ताहरूमा जोखिम छल्ने प्रवृत्ति बढाउँदा उदीयमान बजारका मुद्राहरू दबाबमा परेका हुन् । यसबाहेक विदेशी पूँजीको पलायनका कारण घरेलु शेयर बजारमा आएको सुस्तीले लगानीकर्ताको मनोबललाई थप कमजोर बनाएको छ ।