सुनको मूल्य ताेलाकै ३ लाख माथि पुग्याे, चाँदीकाे पनि नयाँ रेकर्ड

Jan 23, 2026 11:11 AM Merolagani



माघ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले उत्साहजनक रुपमा एतिहासिक उचाई बनाएको छ । यसदिन सुनको मूल्य बढेर तीन लाख भन्दा माथि पुगेको हो ।

यस दिन सुन प्रतितोला ९ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँ कायम भएको छ । गत माघ ६ गते कायम सुनको मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत माघ ६ गते कायम ५ हजार ८८० रुपैयाँको उचाईलाई ब्रेक गर्दै चाँदीको मूल्यले पनि एतिहासिक उचाई बनाएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।