शिव स्टोरसहित १८ व्यावसायिक फर्ममाथि कारबाही

Jan 23, 2026 11:37 AM merolagani



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–२९, नयाँ बसपार्कमा सञ्चालित 'न्यू शिव स्टोर'लाई उपभोक्ता हित विपरीतको कार्य गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको छ। 

विभागले २०८२ माघ ८ गते बिहीबार गरेको बजार अनुगमनका क्रममा उक्त स्टोरले प्रचलित कानुनको उल्लङ्घन गरेको पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो परिमाणको जरिवाना गरेको हो।

विभागले सोही दिन काठमाडौँ उपत्यकाका विभिन्न १८ वटा व्यावसायिक फर्महरूमा अनुगमन गरी कैफियत अनुसारको कारबाही तथा निर्देशन जारी गरेको छ। अनुगमनकै क्रममा ललितपुरको गोदावरीस्थित 'हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड'लाई आफ्नो व्यवसायसँग सम्बन्धित कागजातहरू लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसै गरी, अनुगमन टोलीले अन्य १६ वटा फर्महरूलाई सामान्य निर्देशन दिँदै सचेत गराएको छ। सामान्य निर्देशन पाउने फर्महरूमा काठमाडौँका न्यू लुजा मदिरा स्टोर, न्यू सृजना ट्रेडर्स, प्रनिल सेल्स एण्ड मार्केटिङ, वरुण विभरेज नेपाल, हुकेशा सप्लायर्स, साइन इन लिक्वयर सप र पाथीभरा ट्रेड एण्ड सप्लायर्स रहेका छन्।

यस्तै, भक्तपुरको सूर्यविनायकस्थित दिव्य ज्योति स्टोर तथा मध्यपुर थिमिका के एण्ड पि अल्कोहोलिक स्टोर र ईन्द्रकमल तिक्केर शपलाई पनि सुधारका लागि सामान्य निर्देशन दिइएको छ। ललितपुर क्षेत्रमा सञ्चालित काठमाडौँ क्रिएटिभ मार्ट, विनायक स्टोर, फिनेक्स ट्रेडिङ, रेड रोज स्टोर, लिक्विड स्टोर र एग्रो थाई फुड्सलाई पनि अनुगमन पश्चात् आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ। बजारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न विभागले यस्तो अनुगमनलाई निरन्तरता दिँदै आएको छ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।