पुटिनसँग पैसा सकिएपछि युद्ध आफैँ सकिन्छःजेलेन्स्की

Jan 23, 2026 12:08 PM merolagani



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पैसा सकिएपछि युक्रेन युद्ध पनि समाप्त हुने बताएका छन् ।

स्विट्जरल्यान्डको डाभोसमा बिहीबार आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले भने, “यदि, पुटिनसँग पैसा बाँकी रहेन भने युरोपमा कुनै युद्ध बाँकी रहने छैन ।”

रुस र युक्रेनबीचकाे युद्ध चलिरहेका बेला जेलेन्स्कीले यस्ताे बताएका हुन् । “जब अमेरिकाले रुसी तेल ट्यांकरहरू रोक्न र तेल जफत गर्न सक्छ भने युरोपले किन गर्दैन ?” युरोपको तट हुँदै जाने यही तेलले युक्रेनविरुद्धको युद्धलाई खर्च जुटाइरहेको उनको भनाइ छ ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।