
आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै तामाङले भनिन्, "हल्लाको पछि नलागौँ, चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन, जनताको प्रतिनिधि बनेर आउँछु म।" उनले आफू निर्वाचन जित्ने लक्ष्यका साथ मैदानमा होमिएको र बिचमै उम्मेदवारी फिर्ता लिने कुनै योजना नरहेको प्रस्ट पारेकी छिन्।
यसअघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिएको समाचार सार्वजनिक भए लगत्तै आशिका तामाङको बारेमा पनि त्यस्तै हल्लाहरू चलाइएको थियो। तर, तामाङको पछिल्लो प्रतिक्रियाले उनका समर्थकहरूमा रहेको अन्योल चिरेको छ।
उनले आफ्ना मतदाता र समर्थकहरूलाई कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्दै चुनावी अभियानमा सक्रियतापूर्वक अघि बढ्ने सङ्कल्प दोहोर्याएकी छिन्। निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूका बारेमा चल्ने यस्ता हल्लाहरूलाई उनले राजनीतिक स्टन्टको संज्ञा दिएकी छिन्।