नेशनल लाईफ इन्स्योरेन्सद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

Jan 25, 2026 04:59 PM merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले  कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

बिर्तामोड स्थित होटल द किंग्सबरीमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्यभएका ३०० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थियो साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले  कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । उनले कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु ल्याउन हरसंभव प्रयासरत रहेको पनि बताए ।

चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेका थिए ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।