सुनको मूल्य एकै दिन ताेलामा नै २० हजार ५०० रुपैयाँले बढ्यो

Jan 29, 2026 11:14 AM Merolagani



माघ १५ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ । पछिल्ला ६ दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढ्ने क्रममा रहेको हो । बिहीबार एकै दिन ठूलो दरमा सुनको मूल्य बढेको हो ।

यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

 

यस दिन चाँदीको मूल्य तोलामा २०५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्यले पनि बुधबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।