आर्थिक कारोबारलाई पारदर्शी बनाउन राष्ट्र बैंकले गर्याे यस्ताे व्यवस्था, दल र उम्मेदवारले चुनाव खर्च अब छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने

Jan 26, 2026 08:53 PM merolagani



नेपाल राष्ट्र बैंकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियानसम्बन्धी आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई यससम्बन्धी खाता खोल्न भनिएको छ ।

निर्वाचनका बेला हुने आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने र उमेदवारहरूलाई आफ्नो चुनावी खर्चको हिसाब राख्न सहज हुने अपेक्षासहित यस्तो व्यवस्था गरिएको बताइएको छ ।

यी खाताहरू स्थायी प्रकृतिका हुने छैनन् । निर्वाचन आयोगले आमनिर्वाचन सम्पन्न भएपछि निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि मात्र यी खाताहरू सञ्चालनमा रहनेछन् ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।