
आईपीओ म्यानेजमेन्टमा गई बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले सजिलैसँग आफ्नो डिम्याट नम्बर प्रविष्ट गरे पश्चात सिआरएन नम्बर तुरुन्तै प्राप्त गर्न सक्नेछन् । त्यसपछि ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सहजै आवेदन खुल्ला भएको आईपीओमा आवेदन गर्न सकिने बैंकले जनाएको छ । कुनै कम्पनीको आईपीओ आवेदन खुल्नासाथ मोबाइल बैकिङबाट अलर्ट समेत प्राप्त हुनेछ ।