भुजुङको आईपीओमा तेस्रो दिनसम्म साढे २१ लाखको आवेदन

Jan 28, 2026 06:06 PM Merolagani



भुजुङ हाइडङोपावरको आईपीओमा तेस्राे दिनसम्म साढे २१ लाखको आवेदन परेको छ ।

१ सय रुपैयाँ अंकित मूल्यको ८ लाख ३० हजार कित्ताको लागि आवेदन माग भएकोमा आईपीओ खुलेको तेस्रो दिनसम्म २१ लाख ४५ हजार १ सय ५६ जना आवेदनकर्ताले २ करोड ४९ लाख ३७ हजार ७० कित्ता शेयरको लागि आवेदन गरेको हो । भुजुङ हाइड्रोपावरको आईपीओ बिहीबार कार्यालय समय सम्म भर्न सकिने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।