अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावत

Jan 29, 2026 11:42 AM merolagani



अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले सन् २०२६ को आफ्नो पहिलो नीतिगत बैठकमा ब्याजदरलाई ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामा यथावत राख्ने निर्णय गरेको छ । बुधवार सम्पन्न फेडरल ओपन मार्केट कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सन् २०२५ को दोस्रो छ महिनामा बैंकले लगातार तीन पटक ब्याजदर कटौती गरेको थियो । कमिटीले जारी गरेको विज्ञप्तिमा आर्थिक गतिविधिहरू ठोस गतिमा अगाडि बढिरहेको र बेरोजगारी दरमा स्थिरताका संकेतहरू देखिएको उल्लेख छ ।

 

यद्यपि, मुद्रास्फीति अझै केही उच्च रहेकाले ब्याजदरमा तत्कालै थप कटौती नगरिएको बैंकले जनाएको छ । भविष्यमा हुने ब्याजदर समायोजनहरू प्राप्त हुने आर्थिक तथ्याङ्क र विकसित परिदृश्यहरूको मूल्याङ्कनमा आधारित हुने बताइएको छ । समितिका १२ सदस्यमध्ये १० जना ब्याजदर स्थिर राख्ने पक्षमा थिए भने स्टेफन मिरान र क्रिस्टोफर वालरले ब्याजदरलाई २५ आधार बिन्दुले घटाउनुपर्ने भन्दै विपक्षमा मतदान गरेका थिए ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।