विद्युत बिक्री आम्दानी बढेपछि ईङवा हाइड्रोपावर नाफामा

Jan 29, 2026 01:49 PM Merolagani



ईङवा हाइड्रोपावर लिमिटेड (IHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

 

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३५ लाख रुपैयाँ नाफामा पुगेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात १२१.४५ गुणा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने १ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीले २०८० चैत २८ गतदेखि पाँचथर र ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाट क्षमताको अप्पर ईङवा खोला स्मल हाइड्रोपावर आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको छ।

 



हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।