विद्युत बिक्री आम्दानी घटेपछि मोदी इनर्जीको नोक्सानी बढ्यो

Feb 10, 2026 12:46 PM Merolagani



मोदी इनर्जी लिमिटेड (MEL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ३५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २८ करोड ६८ लाख रुपैयाँबाट घटेर २२ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा २५ करोड ८३ लाख रुपैयाँबाट घटेर १९ करोड २ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा २५ करोड ६६ लाख रुपैयाँबाट घटेर १८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि २५.६५ प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ८० पैसा रहेको छ। २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।