केयर रेटिङ नेपालले मिति २०८२ माघ १४ गतेको निर्णय अनुसार उक्त रेटिङ प्रदान गरिएको हो।
नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीका रूपमा कार्य गर्दै आएको छ। कम्पनीले २०८२ पौष मसान्तभित्र संस्थापक शेयरधनीहरूबाट ५० करोड रुपैयाँ चुक्ता पूँजी जुटाइसकेको जानकारी दिएको छ। २०७४ सालमा स्थापना भएको कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद नाफामा सञ्चालन हुँदै आएको छ। अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण समेत गरिसकेको छ। हाल कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा उच्च रहेको जनाइएको छ।
यसैबीच, २०८२ माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरी चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो।

सर्वसाधारणमा शेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केट लिमिटेडसँग २०८१ मंसिर ८ गते सम्झौता गरिसकेको छ ।