नेक्सजेन म्यानेजमेन्टलाई केयर एनपि 'डबल बी' इश्युअर रेटिङ प्रदान

Jan 30, 2026 12:47 PM Merolagani



नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्कासन गर्ने प्रयोजनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपाल लिमिटेड बाट केयर एनपि 'डबल बी' इश्युअर रेटिङ प्राप्त गरेको छ।

 केयर रेटिङ नेपालले मिति २०८२ माघ १४ गतेको निर्णय अनुसार उक्त रेटिङ प्रदान गरिएको हो।

नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीका रूपमा कार्य गर्दै आएको छ। कम्पनीले २०८२ पौष मसान्तभित्र संस्थापक शेयरधनीहरूबाट ५० करोड रुपैयाँ चुक्ता पूँजी जुटाइसकेको जानकारी दिएको छ। २०७४ सालमा स्थापना भएको कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद नाफामा सञ्चालन हुँदै आएको छ। अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण समेत गरिसकेको छ। हाल कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा उच्च रहेको जनाइएको छ।

यसैबीच, २०८२ माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरी चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो।

सर्वसाधारणमा शेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केट लिमिटेडसँग २०८१ मंसिर ८ गते सम्झौता गरिसकेको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।