भारतले नेपाललाई दिएका ३१५ वटा गाडीले पाए भन्सार छुट, थप २५० वटा गाडी नेपाललाई हस्तान्तरण

Jan 30, 2026 12:42 PM merolagani



आगामी २०८२ फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि भारतीय सरकारको सहायतामा उपलव्ध गराउने ३१५ वटा डबल–क्याब पिकअप गाडीहरु आयातका लागि अर्थ मन्त्रालयले भन्सार छुट गरेर ल्याउने निर्णय गर्दै भन्सार विभागमा पत्राचार गरेको छ ।

गृह मन्त्रालयका अनुसार, पहिलो चरणमा १०६ वटा र दोस्रो चरणमा २०९ वटा पीकअप गाडीको भन्सार छुट गर्ने निर्णय गर्दै अर्थ मन्त्रालयले भन्सार विभागमा पत्राचार गरेको हो ।

पहिलो र दोस्रो चरणमा १०६ र २०९ वटा डबल क्याब पिकअप गाडी भन्सार छुट गरेर ल्याउन अर्थ मन्त्रालयले निर्णय गरेर त्यसको पत्र भन्सार विभागमा पुगिसकेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले बताए ।

‘पहिलो चरणमा १०६ र दोस्रो चरणमा २०९ वटा गाडीको भन्सार छुट गर्ने निर्णय अर्थमन्त्रालयले गरिसकेको र त्यसको पत्र भन्सार विभागमा पुगिसकेको छ,’ उनले भने, ‘अहिले त्यही छुटका लागिहरु भारतले नेपाललाई हस्तान्तरण गरिरहेको हो ।’

उनका अनुसार, भारतले यसअघि नै ६५० पिकअप गाडी नेपाललाई निर्वाचनका लागि सहायता स्वरुप दिने प्रतिवद्धता जनाएको थियो । सरकारकै नाममा आउने र निर्वाचन प्रयोजनका लागि भारतले सहयोगस्वरुप उपलव्ध गराएका केही गाडीहरु नेपाल भित्रिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

बिहीबार पनि भारत सरकारबाट सहयोगस्वरुप उपलव्ध गराइएको थप २५० वटा गाडीहरु भारतले नेपाल सरकारलाइ हस्तान्तरण गरिसकेको छ । अर्थमन्त्री रामेश्व खनालको उपस्थितिमा ती गाडीहरुको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

सवै सवारी साधनहरु निर्वाचन सामग्री ढुवानी र तयारीका लागि नेपाल सरकारले माग गरेबमोजिम भारतले उपलव्ध गराउन लागेको हो । प्रतिवद्धता जनाएअनुरुपका सवारी साधनहरु आगामी हप्तामा चरणबद्ध रुपमा आउने जनाइएको छ ।

 

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।